Khabar Ujyalo

धेरै ठाउँमा निरन्तर बर्षा, आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो वर्षा हुने !

खबर संबाददाता ९ आश्विन २०८३, शुक्रबार

धनगढी : देशका धेरै ठाउँमा निरन्तर पानी परिरहेको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण बुधबार बेलुकीदेखि नै पानी पर्न शुरु भएको हो । आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । निरन्तर झरी परिरहे पनि […]

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

खबर संबाददाता ७ आश्विन २०८३, बुधबार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जानकारी दिएको छ । साथै न्यून चापीय क्षेत्र बंगालको खाडीको पश्चिम-मध्य भू-भाग आसपास रहेको र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रूपमा पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर […]

समाचार

डोटीको सायलखोला बगेर एक जनाको मृत्यु, एक जना बेपत्ता

डोटीको सायलखोला बगेर एक जनाको मृत्यु, एक जना बेपत्ता

डोटी : डोटीको आदर्श गाउँपालिका–५ स्थित सायलखोलामा बगेर एक जना मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । धान चुट्न गएका लछिमा अन्दाजी ३० बर्षिया ओझा र अन्दाजी ४५ बर्षिय शेरबहादुर बोहरा सायलखोलामा बगेर बेपत्ता भएका थिए । ओझा र बोहरा अबेरसम्म घर नफर्किएपछि परिवार तथा स्थानीयले शनिबार बिहानदेखि खोजी सुरु गरेका थिए। […]

अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण, तीन जना पक्राउ

अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण, तीन जना पक्राउ

धनगढी : कैलालीमा चोरी–तस्करी नियन्त्रणमा खटिएका नेपाल प्रहरीमाथि आक्रमण गरेर तस्करीको सामान भित्र्याइएको छ। बिहीबार दिउँसो भजनी नगरपालिका–३ स्थित ठेकीपुरचोकमा भारतबाट मोटरसाइकलमा ल्याइरहेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत दुई जना प्रहरीमाथि आक्रमण भएको हो। आक्रमणमा प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय […]

आज देशभर आंशिक बदली, केही स्थानमा वर्षाको सम्भावना

आज देशभर आंशिक बदली, केही स्थानमा वर्षाको सम्भावना

शुक्रबार देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशभर आंशिक बदली रहेको छ भने बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । लुम्बिनी, […]

तास खेल्दा पक्राउ परेका व्यक्तिको हिरासतमा मृत्यु

तास खेल्दा पक्राउ परेका व्यक्तिको हिरासतमा मृत्यु

काठमाडौ : विराटनगरमा तास खेलिरहेको अवस्थामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको मङ्गलबार बिहान नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीको पक्राउबाट जोगिन खोज्दा घरको दुई तला माथिबाट हामफाल्दा अर्का एक जना घाइते भएका छन्। विराटनगर–६ सरोचियास्थित लालु […]

कमेडी च्याम्पियन–४ मा बझाङका सन्तोष जेठारा Top 10 मा प्रवेश !

कमेडी च्याम्पियन–४ मा बझाङका सन्तोष जेठारा Top 10 मा प्रवेश !

धनगढी : बझाङका सन्तोष जेठारा ‘कमेडी च्याम्पियन सिजन–४’ को Top 10 मा प्रवेश गरेका छन्। आइतबारको एपिसोडमा नेपालको राजनीति र सामाजिकमाथि सटिक क्यारिकेचर र व्यङ्ग्य प्रस्तुत गर्दै जेठारा Top 15 को ‘Performer of The Round’ बनेका थिए। उनको प्रस्तुतिलाई दर्शक तथा निर्णायकहरूले रुचाएका छन्। उक्त प्रस्तुतिपछि उनले चारै जना निर्णायकबाट ‘पियोडी’ प्राप्त गरेका थिए।

बझाङमा बर्थिङ सेन्टरको ताल्चा फुटाएर सोलार ब्याट्री र साबुन चोरी

बझाङमा बर्थिङ सेन्टरको ताल्चा फुटाएर सोलार ब्याट्री र साबुन चोरी

बझाङ : बझाङको बुङ्गल नगरपालिका वडा नं. ८ तोलिचौरमा रहेको तोलिचौर बर्थिङ केन्द्रमा चोरी भएको छ । असोज ८ गते राति स्वास्थ्य केन्द्रको मुख्य ढोकामा लगाइएको ताल्चा फुटाएर सामान चोरी गरेको हो । कार्यालयका अनुसार बर्थिङ केन्द्रबाट एक थान २०० AH को सोलार ब्याट्री र एक कार्टुन लुगा धुने साबुन चोरी भएको छ । घटनाको […]

स्वास्थ्य

डडेल्धुरा अस्पतालको अध्यक्षमा त्रिलोक्यनाथ पाण्डेय नियुक्त

धनगढी : डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रिलोक्यनाथ पाण्डेय नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल विकास समिति अध्यक्षमा पाण्डेयलाई नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष पाण्डेयले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सूचना अधिकारी प्रकृति पाैडेलले पाण्डेलाई अध्यक्षमा नियुक्त […]

डडेल्धुरा मेडिकल कलेजले माग्यो विभिन्न शैक्षिक पदमा कर्मचारी

डडेलधुरा । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान सङ्काय डीनको कार्यालय डडेल्धुराले डडेल्धुरा मेडिकल कलेजका लागि विभिन्न शैक्षिक पदहरूमा करार सेवामा पदपूर्तिको आवेदन आह्वान गरेको छ। सङ्कायले सोमबार पहिलोपटक सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन मागेको हो। सङ्कायका अनुसार सह–प्राध्यापक पदमा फार्माकोलोजि, माइक्रोबायोलोजि र फिजियोलोजि विषयका लागि १–१ जना माग गरिएको छ। यसैगरी उपप्राध्यापक पदअन्तर्गत माइक्रोबायोलोजि, […]

स्वास्थ्यकर्मीका लागि ठूलो अवसरः दशरथ चन्द विश्वविद्यालयमा १५१ पदमा आवेदन खुल्यो

धनगढी : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शिक्षण अस्पतालका लागि स्वास्थ्य सेवातर्फ विभिन्न श्रेणीका १५१ पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। विश्वविद्यालयले मेडिकल अधिकृत, डेन्टल सर्जन, नर्सिङ अधिकृत, स्टाफ नर्सलगायत चिकित्सकीय तथा स्वास्थ्य सेवातर्फका विभिन्न १३ पदमा कर्मचारी माग गरेको हो। विश्वविद्यालयले सार्वजनिक गरेको विज्ञापनअनुसार स्वास्थ्य सेवा आठौँ श्रेणीअन्तर्गत मेडिकल अधिकृत १० जना, […]

धनगढीमा जुनुले संचालनमा ल्याइन् ‘जुनु एस्थेटिक ब्लिस ब्यूटी’ सेन्टर, ५०%सम्म छुट !

धनगढी — धनगढीमा अत्याधुनिक स्किन एण्ड हेयर सेन्टर ‘जुनु एस्थेटिक ब्लिस ब्यूटी’ सञ्चालनमा आएको छ। दुई दशकदेखि सौन्दर्य क्षेत्रमा सक्रिय जुनु कठायत खत्रीले धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित घरेलु चोक नजिक उक्त सेन्टर स्थापना गरेकी हुन्। शनिबार आयोजित उद्घाटन कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाले सेन्टरको औपचारिक उद्घाटन गरे। त्यस्तै, स्किन केयर मेसिनको उद्घाटन सुदूरपश्चिम […]

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौ : सरकारले आइतबार (हिजो) देखि सुरु गरेको बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि कार्यक्रम आज (सोमबार) पनि जारी रहने भएको छ। आज देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउने स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए। […]

माया मेट्रो अस्पतालमा परिश्रमी सहकारीका सदस्य र कर्मचारीको उपचारमा २०% सम्म छुट !

धनगढी :परिश्रमी बहुउद्देश्यीय सहकारीले धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार सेवा लिंदा विशेष छुट पाउने भएका छन् । परिश्रमी बहुउद्देश्यीय सहकारी र हस्पिटलबीच बिहीबार उपचारमा छुट सम्बन्धी सम्झौता भएको हो । हस्पिटलका निर्देशक डा.मोहन साउद र परिश्रमी बहुउद्देश्यीय सहकारीका अध्यक्ष अक्कल बहादुर सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार परिश्रमी बहुउद्देश्यीय सहकारीका शेयर सदस्य, शेयर सदस्यका परिवार […]

राजनिति

अर्थतन्त्र

खेलकुद

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.