Khabar Ujyalo

आज देशभर आंशिक बदली, केही स्थानमा वर्षाको सम्भावना

१६ आश्विन २०८३, शुक्रबार
आज देशभर आंशिक बदली, केही स्थानमा वर्षाको सम्भावना

शुक्रबार देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशभर आंशिक बदली रहेको छ भने बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू–भागमा तथा देशका तराई भू–भागमा आंशिक बदली रहनेछ ।

कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशका तराई भू–भागमा आंशिक बदली रही बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी प्रदेशको हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.