KhabarUjyalo

एलपीएल उपाधि : हिमालयन ह्वाइट हाउस र लिटल फ्लावरबीच भिडन्त

२८ फाल्गुन २०७७, शुक्रबार
एलपीएल उपाधि : हिमालयन ह्वाइट हाउस र लिटल फ्लावरबीच  भिडन्त

धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगतामा हिमालयन ह्वाइट हाउस काठमाडौँ र लिटल फ्लाव स्कुलबीच उपाधि भिडन्त हुने भएको छ । आज भएका सेमिफाइनलका खेलमा जित निकाल्दै दुुबै टोली उपाधि नजिक पुुगेका हुन् ।

पहिलो सेमिफाइनलमा शारदा सरस्वतीलाई ८९ रनले पराजित गर्दै ह्वाइट हाउस फाइनलमा पुुगेको हो । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । ह्वाइट हाउसका लागि कप्तान दिपक बोहराले ७३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अर्का दिपक बोहराले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । शारदाका गणेश बहादुर बिटालुले ३ विकेट लिए ।

ह्वाइट हाउसले दिएको १ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदा १२ ओभरमा अलआउट हुँदै ७५ रनमा समेटियो । उसका गणेश बहादुरले सर्वाधिक २२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । ह्वाइट हाउसका कप्तान दिपक र सन्दीप शाहीले ३÷३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच ह्वाइट हाउसका कप्तान दिपक चुनिए ।

आजै भएको दोस्रो सेमिफाइनलमा लिटल फ्लावर स्कुलले बाल बाटिकालाई ३ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बाल बाटिकाले १६ ओभर १ बलमा सबै विकेट गुमाउँदै ९० रन बनायो । उसका लागि विराट भण्डारीले २९ र कलम ओलीले २२ रन बनाए । लिटल फ्लावरका पुुष्करराज बडुुले ४ विकेट लिए । ९१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको लिटल फ्लावरले १८ ओभर ३ बलमा ७ विकेट गुमाउँदै लक्ष्य भेटायो ।

लिटल फ्लावरको जितमा राजकुमार शाहले अविजित रहदै २४ र शैलेस केसीले २२ रन बनाए । बाल बाटिकाका कमल ओलीले ५ विकेट लिए । खेलका म्यान अफ द म्याच लिटल फ्लावरका पुुष्करराज बडु भए । भोलि संघीय प्रहरीको खेल मैदानमा फाइनल खेल हुनेछ । 

प्रतियोगिताको विजेताले १ लाख २० हजार पाउने छन् । त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५-५ हजार पाउने छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo