KhabarUjyalo

स्पेनिस ला लिगा : लेभान्टेसंग एट्लेटिको मड्रिड पराजित

९ फाल्गुन २०७७, आईतवार
स्पेनिस ला लिगा : लेभान्टेसंग एट्लेटिको मड्रिड पराजित

काठमाडौं । स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडलाई लेभान्टेले पराजित गरेको छ ।

आठौं स्थानमा रहेको लेभान्टेले शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै लेभान्टेको ३१ अङ्क भएको छ । शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ५५ अङ्क रहेको छ । यस्तै गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको रियल मड्रिडले रियल भालाडोलिडालाई पराजित गर्दै अङ्क सुधार गरेको छ ।

२१ अङ्कसहित १९ स्थानमा रहेको रियल भालाडोलिडालाई १–० गोलले पराजित गर्दै रियल मड्रिडले दोस्रो स्थान कायम गर्दै ५२ अङ्क बनाएको हो ।
१२ औं स्थानमा रहेको भ्यालेन्सियाले १० औँ स्थानमा रहेको सेल्टा भिगोलाई २–० गोलले पराजित गरेको छ ।

लिगमा भ्यालेन्सियाको २७ अङ्क छ भने सेल्टा भिगोको ३० अङ्क रहेको छ । गएराति नै भएको अर्को यल्चीले एइबरलाई १–० गोलले पराजित गरेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo