बझाङ : बझाङको बुङ्गल नगरपालिका वडा नं. ८ तोलिचौरमा रहेको तोलिचौर बर्थिङ केन्द्रमा चोरी भएको छ । असोज ८ गते राति स्वास्थ्य केन्द्रको मुख्य ढोकामा लगाइएको ताल्चा फुटाएर सामान चोरी गरेको हो ।
कार्यालयका अनुसार बर्थिङ केन्द्रबाट एक थान २०० AH को सोलार ब्याट्री र एक कार्टुन लुगा धुने साबुन चोरी भएको छ । घटनाको जानकारी पाए लगत्तै स्थानीय प्रशासन तथा प्रहरीले यसबारे अनुसन्धान सुरु गरिसकेको छ ।

