धनगढी :
देशका धेरै ठाउँमा निरन्तर पानी परिरहेको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण बुधबार बेलुकीदेखि नै पानी पर्न शुरु भएको हो ।
आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । निरन्तर झरी परिरहे पनि अहिले बिहानसम्म कुनै पनि नदी, खोलामा ठूलो बाढी आएको छैन । तर पानीको बहाव बढ्न थालेको छ ।
आज र भोलि जोखिम बढी रहेकाले विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ ।

