KhabarUjyalo

सबैभन्दा बढी कर तिर्नेमा नेपाल टेलिकम

७ मंसिर २०८०, बिहीबार
सबैभन्दा बढी कर तिर्नेमा नेपाल टेलिकम

काठमाडौं। सरकारले धेरै कर तिर्ने करदातालाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवस २०८० को समापन समारोहका अवसरमा सर्वाधिक कर तिर्ने करदातालाई सरकारले सम्मान गरेको हाे।

आज अर्थमन्त्री डा. प्रकाशशरण महतले गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई सम्मान गरेका हुन्।

आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ। राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा यस वर्ष पनि सबै भन्दा बढी कर तिर्ने करदातालाई सम्मान प्रदान गरिएको हो।

सम्मान गरिएका करदाता कम्पनीहरू –

सबैभन्दा बढी आयकर : नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)

निर्यात कारोबार :डाबर नेपाल प्रालि

विषेश उद्योग : एसियन पेन्ट्स

कृषि एवम् पशुजन्य : ओबिसी फुड्स प्राली

सहकारी तथा लघुवित्त : छिमेक लघुवित्त

बैंक तथा वित्तीय संस्था : ग्लोबल आईएमई

बीमा : लाइफ इन्स्योरेन्स कर्पोरेसन

स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल

पर्यटन : मनोकामना दर्शन प्रालि

वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट

मध्यस्तरीय करदाता : नेपाल स्टक एक्सचेन्ज

ऊर्जा : भोटेकोसी पावर कम्पनी

रेमिटेन्स : आईएमई लिमिटेड

व्यक्ति आय : विजयकुमार शाह

निरन्तर ५ वर्षदेखि सर्वाधिक कर तिर्ने र यस वर्ष पनि अन्त:शुल्क, मूल्य अभिवृद्धि र आय कर तिर्ने सूचीमा गरेर २ विधामा सूर्य नेपालले सर्वाधिक कर तिरेको भन्दै सम्मान पाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo