धनगढी : धनगढीमा चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)– ५ सुरु भएको छ । शनिबार धनगढीको संघिय प्रहरी इकाई कार्यालयको खेल मैदानमा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले उद्घाटन गरेर प्रतियोगिताको सुरु भएको हो । उद्घाटन खेलमा आयोजक लिटल फ्लावर र कैलालीको गेटामा रहेको विद्या भूषणबीच प्रतिस्पर्धा हुँदै छ ।
विद्यालय स्तरिय प्रतियोगितामा काठमाडौँ र कञ्चनपुरका दुई/दुई, रुपन्देहीको एक, दाङको एक र कैलालीका १० विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्ट्सले आयोजना गरेको प्रतियोगिता फागुन २९ गते सम्म चल्ने छ ।
प्रतियोगितामा विजेताले १ लाख २० हजार र दोस्रो टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार,उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई समान ५ हजार तथा हरेक खेलको म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।