Khabar Ujyalo

डोटीको सायलखोला बगेर एक जनाको मृत्यु, एक जना बेपत्ता

१७ आश्विन २०८३, शनिबार
डोटीको सायलखोला बगेर एक जनाको मृत्यु, एक जना बेपत्ता

डोटी : डोटीको आदर्श गाउँपालिका–५ स्थित सायलखोलामा बगेर एक जना मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

धान चुट्न गएका लछिमा अन्दाजी ३० बर्षिया ओझा र अन्दाजी ४५ बर्षिय शेरबहादुर बोहरा सायलखोलामा बगेर बेपत्ता भएका थिए । ओझा र बोहरा अबेरसम्म घर नफर्किएपछि परिवार तथा स्थानीयले शनिबार बिहानदेखि खोजी सुरु गरेका थिए। लक्ष्मी ओझाको शव फेला परेको छ भने शेर बोहरा बेपत्ता भएका छन् ।

घटनाबारे वडाध्यक्ष उत्तमबहादुर सिंहले बिहान १०ः५५ बजे प्रहरीलाई जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक सुमन ओझाको कमाण्डमा तीन जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। भने थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी निरीक्षक वासुदेव अवस्थीको कमाण्डमा ६ जनाको टोली घटनास्थलमा खटाइएको प्रहरीले जनाएको छ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.