धनगढी : देउडा गायिक कृष्ण पन्तको छैठौं गित ‘हजारी फुल’ बजारमा आएको छ ।
गीतमा स्वर कृष्ण राज पन्त, रमेश परियार र पूर्णकला बिसीको रहेको छ।
उक्त गीतमा शब्द माधव बिष्ट र कृष्ण राज पन्तको रहेको छ भने संगीत कृष्ण राज पन्तकै रहेको छ ।
गितमा मायापिरतीका कुरा समेटिएको छ । गितको म्युजिक भिडियो चाडै कर्णाली इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिने गायक कृष्ण राज पन्तले जानकारी दिए ।
गायक पन्त धनगढीका जय दुर्गा भूमिराज ट्रेड सप्लायर्सका संचालक हुन् ।