२३ मंसिर २०७९, शुक्रबार

‘अनुमान लगाउनुहोस् म कहाँ प्रस्थान गर्दैछु ?’ सन्दीपको प्रश्न

१५ फाल्गुन २०७७, शनिबार
‘अनुमान लगाउनुहोस् म कहाँ प्रस्थान गर्दैछु ?’ सन्दीपको प्रश्न

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने भएका छन् । सन्दीप पुरानै टोली लाहोर कलन्दर्सबाट प्रतियोगिताको बाँकी खेल खेल्न आज पाकिस्तान प्रस्थान गरेका हुन् ।

सन्दीपले केहीबेरअघि मात्रै पाकिस्तानका लागि आफू उड्न लागेको संकेत गर्दै सामाजिक सञ्जालहरुमा तस्बिर पोस्ट गरेका छन् । उनले आफू कहाँ जान लागेको भन्ने लेखेका छैनन् । बरु ती छुट्याउने जिम्मेवारी आफ्ना शुभचिन्तकहरुलाई दिएका छन् ।

EvNTqIgVEAARweB.jpg

‘अनुमान लगाउनुहोस् म कहाँ प्रस्थान गर्दैछु ?’, सन्दीपले काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको तस्बिर शेयर गर्दै अंग्रेजीमा लेखेका छन् । समर्थकहरुले पाकिस्तान जान लागेको उत्तर दिँदै उनलाई राम्रो पदर्शनका लागि शुभकामना पनि दिएका छन् ।

सन्दीपका व्यवस्थापन रमण शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्रै सन्दीपको पिएसएलमा सम्झौता पक्का भएको थियो । लाहोरका स्पिनर राशिद खान अन्तर्राष्ट्रिय ड्युटीमा अफगानिस्तान जानु परेपछि लाहोरले सन्दीपलाई भित्र्याएको हो ।

सन्दीप शनिबार कतार एअरवेजमार्फत दोहा हुँदै प्रतियोगिता स्थल कराँची पुग्ने बताइएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo