KhabarUjyalo

कोकाकोला बेच्ने बोटलर्स नेपालले एकै वर्ष गर्‍यो पौने २२ अर्बको व्यापार

५ श्रावण २०८०, शुक्रबार
कोकाकोला बेच्ने बोटलर्स नेपालले एकै वर्ष गर्‍यो पौने २२ अर्बको व्यापार

काठमाडौं । कोकाकोला, फ्यान्टा, स्प्राइट र किनले ब्रान्डको पेयपदार्थ बिक्री गर्ने कम्पनीले बोटलर्स नेपालले एकै वर्ष पौने २२ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २१ अर्ब ७२ करो २० लाख रुपैयाँको व्यापार गरेको हो ।

बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी बोटलर्स नेपाल तराई कम्पनी कोकाकोलाको नेपालको लागि आधिकारिक बिक्रेता हो ।

कम्पनीले साउथवेस्ट एसिया होल्डिङ लिमिटेडसँग सहकार्य गरेर नेपालमा सन् १९७९ देखि बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा ७६ प्रतिशत हिस्सा बोटलर्स नेपालको छ भने गोर्खा ब्रुअरी लिमिटेडको २२ प्रतिशत छ । बाँकी हिस्सा सर्वसाधारणको छ ।

त्यस्तै, दुईवटा कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ६ अर्ब ७ करोड ६० लाख रुपैयाँको रेटिङ गराएका छन् ।
सन् २०२२ मा १२ अर्ब ५२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२१ मा ८ अर्ब २९ करोड ४० लाख रुपैयाँ, सन् २०२० मा ६ अर्ब ९९ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा ९ अर्ब ६८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब ३७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीअनुसार सन् २०२२ मा ५१ प्रतिशतले व्यापार बढेको छ । कम्पनीको बजार हिस्सा ६१ प्रतिशत पुगेको छ ।

सन् २०२० मा ५७ प्रतिशत बजार हिस्सा ओगटेको थियो । सन् २०२० मा कोरोना महामारीका कारण व्यापार घटेको थियो । तर, सन् २०२२ मा व्यापार उच्चरुपमा बढेको कम्पनीले जनाएको छ । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo