Khabar Ujyalo

विश्व कप फुटबलका लागि नेपाली सुरक्षा गार्ड पठाउने तयारी

२५ फाल्गुन २०७७, मंगलवार
विश्व कप फुटबलका लागि नेपाली सुरक्षा गार्ड पठाउने तयारी

काठमाडौँ । सन् २०२२ मा कतारमा हुन गएको विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाउने विषयमा पहल भइरहेको बताइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले आइतबार एक कार्यक्रममा सुरक्षा गार्डमा जीटुजी सम्झौता गरेर नेपाली श्रमिक कतार पठाउने विषयमा नेपालका लागि कतारका राजदूतसँग एक÷दुुई चरण छलफल भएको जानकारी दिए ।

उनले भने, ’यस यसअघि कतारसँग गरेको सम्झौता संशोधन गर्नुुपर्छ । अब गरिने नयाँ सम्झौता जीटुुजीबाटै श्रमिक पठाउनुुपर्छ भन्नेमा हाम्रो जोड रहेको छ र यस विषयमा कतारका राजदूत पनि सकारात्मक छन् ।’

कतार श्रमिक पठाउने पुरानो श्रम समझदारीलाई नै संशोधन गरेर सरकारी तवरबाटै श्रमिक पठाउने गरी अब छिट्टै विज्ञसहितको टोलीसँग छलफल गर्ने तयारी भएको पनि मन्त्री चौधरीले जानकारी दिए ।

कतारको सुरक्षा गार्डमा पठाउने भन्दै केही समयअगाडि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले अवैध अन्तर्वार्ता लिएका थिए र ती म्यानपावरलाई वैदेशिक रोजगार विभागले कानुनअनुसार कारबाही पनि गरिसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन् ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.