Khabar Ujyalo

आश्माकुमारी केसी बनिन् सन् २०२४ को मिस नेपाल !

१९ श्रावण २०८१, शनिबार
आश्माकुमारी केसी बनिन् सन् २०२४ को मिस नेपाल !

काठमाडौं : सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज आश्मा कुमारी केसीले जितेकी छन्।

शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले ‘मिस नेपाल वर्ल्ड २०२४’ को क्राउन हस्तान्तरण गरेकी छन्।

मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि जितीन्।

अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन्।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.