Khabar Ujyalo

गायक रविन एसकेको नयाँ गीत ‘यो मनकी रानी’ सार्वजनिक !

१९ पुष २०८२, शनिबार
गायक रविन एसकेको नयाँ गीत ‘यो मनकी रानी’ सार्वजनिक !

धनगढी : गायक रविन एसकेको नयाँ गीत ‘यो मनकी रानी’ सार्वजनिक भएको छ। उक्त गीतमा गायक रविन एसकेकै स्वर, शब्द र संगीत रहेको छ भने एरेन्ज र रेकर्डिस्ट मनिष घर्ती मगरले गरेका छन्।

गीतको भिडियोको कोरियोग्राफी खगेन बिसीले गरेका छन् । उक्त भिडियो छायांकन जहित बुढा गरेका छन् भने भिडियोको सम्पादन पीआर जोशीले गरेका छन् ।

सुरेन्द्र संगम बिसी ‘डोट्याल बड्डो’को निर्देशनमा तयार भएको भिडियोमा रविन एसकेसँगै लक्ष्मी साउद, सुरेश महत्रा क्षेत्री र अनुस्का मगरको आकर्षक अभिनय देख्न सकिन्छ।

गीतमा युवा–युवतीबीचको प्रेमभावलाई प्रस्तुत गरिएको छ। गितले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गायक रविन एसकेले व्यक्त गरेका छन्। उनले यसअघि “धनगढी सहर“ गीत सार्वजनिक गरेका थिए । सो गीतलाई दर्शक स्रोताले निकै रुचाईएका थिए ।

उक्त म्युजिक भिडियो ‘Rabin SK’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.