धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारी खरिद नगर्ने भएको छ।
आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
प्रदेश सरकारले अतिआवश्यक बाहेकका सवारी खरिदका लागि बजेट विनियोजन नगरेको हो। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा सवारी खरिदका लागि बजेट विनियोजन नगरेको जनाएको छ ।