Khabar Ujyalo

विश्वकै ठूलो क्रिकेट रंगशालामा भारत र इंग्ल्यान्डबीचको तेस्रो टेस्ट

१२ फाल्गुन २०७७, बुधबार
विश्वकै ठूलो क्रिकेट रंगशालामा भारत र इंग्ल्यान्डबीचको तेस्रो टेस्ट

एजेन्सी : विश्वकै ठूलो क्रिकेट रंगशालामा भारत र इंग्ल्यान्डबीचको तेस्रो टेस्ट सुरु भएको छ। १-१ को बराबरीको अवस्थामा रहेको सिरिजको तेस्रो खेलमा इंग्ल्यान्डले पहिले ब्याटिङ सुरु गरेको छ।

भारतको गुजरात राज्यको अहमदाबादको रंगशालाको नाम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नामसँग जोडेर नरेन्द्र मोदी क्रिकेट रंगशाला राखिएको छ। यसअघि रंगशालाको नाम सरदार पटेल थियो।

रंगशालाको उद्घाटन भारतीय राष्ट्रपति रामनाथ कोभिन्द र गृहमन्त्री अमित शाहले गरेका थिए। 

नयाँ रंगशालामा १ लाख १० हजार दर्शक अटाउँछन्। दुई टेस्ट खेलिने यो रंशगालामा कोरोनाका कारण ५५ हजार दर्शकलाई मात्र प्रवेश दिइनेछ। सन् २०१५ सम्म रंगशालाको क्षमता ५४ हजार थियो।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.