KhabarUjyalo

धनगढीमा विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विद्या भूषणको विजयी सुरुवाती

१५ फाल्गुन २०७७, शनिबार
धनगढीमा विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विद्या भूषणको विजयी सुरुवाती

धनगढी : धनगढीमा शनिवारदेखि सुरु भएको विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगमा विद्या भूषणले विजयी सुरुवात गरेको छ ।

धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा लिटल फ्लावरलाई ७ विकेटले पराजित गर्दै कैलालीकै गेटामा रहेको विद्या भूषणले विजयी सुरुवात गरेको हो । टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५२ रन बनायो । उस्का लागि सुवाश ऐरले ३७, नरेन भट्टले ३६, कप्तान विपिन रावलले १५ र राजकुमार शाहले १२ रन बनाए । बलिङमा विद्या भूषणका शेर मल्लले ३, विरेन्द्र नाथ र प्रदिप चन्दले २÷२ तथा सञ्जय केसीले १ विकेट लिए । 

१ सय ५३ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको विद्या भूषणले १७ दशमलव ५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । विद्या भूषणका सुरुवाती ब्याट्सम्यान शेर मल्ल र विरेन्द्र नाथले १ सय २२ रनको साँझेदारी गरे । मल्लले ७० र नाथले ३७ रन बनाए । नरेन साउँदले अविजित रहदै २६ रन बनाए । लिटल फ्लावरका राजकुमार शाहले २ र विपिन रावलले १ विकेट लिए पनि टीमलाई जिताउन सकेनन् । खेलका म्यान अफ द म्याच विद्या भूषणका शेर मल्ल भए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo