Khabar Ujyalo

सुदूरपश्चिममा आज बुन्ढुनी सङ्क्रान्ति मनाइँदै

१ आश्विन २०८३, बिहीबार
सुदूरपश्चिममा आज बुन्ढुनी सङ्क्रान्ति मनाइँदै

धनगढी : सुदूरपश्चिममा आज बुन्ढुनी सङ्क्रान्ति मनाइँदैछ। हरेक वर्ष असोज सङ्क्रान्तिका दिन मनाइने यस पर्वलाई ‘बुढीपोल्या’ दिनका रूपमा समेत चिनिन्छ।
यस दिन ‘गाई बाअच्छी पाल, बुडी निकाल’ भन्दै बाबियाको चुल्ठो बनाएर घर–गोठमा लैजाने र गाउँको अग्लो स्थानमा ‘बुढी’ पोल्ने परम्परा रहेको छ।
राक्षसनी पुतनालाई भगवान् श्रीकृष्णले वध गरेको उत्सवका रूपमा सुदूरपश्चिममा यो पर्व मनाउने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ।
ओल्के पर्वका दिन सल्ला, बाँझलगायतका रुख काटेर बनाइएको लिङ्गो (बुढी)लाई असोज सङ्क्रान्तिका दिन पोल्ने चलन छ। बुढी पोलेपछि खुसीयालीमा नाचगान तथा डेउडा खेल्ने गरिन्छ।
यो पर्व सुदूरपश्चिमका विभिन्न जिल्लामा मनाइन्छ। भारतको कुमाउ–गढवाल क्षेत्रमा समेत यस पर्व मनाउने परम्परा रहेको छ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.