KhabarUjyalo

कालो ढुसी के हो ? यसका लक्षणहरु

२० जेष्ठ २०७८, बिहीबार
कालो ढुसी के हो ? यसका लक्षणहरु

म्युकोर्माइकोसिस (कालो ढुसी) प्राकृतिक रूपमै हाम्रो वरपरको वातावरण र माटोमा पाइने एक प्रकारको ‘अवसरवादी’ ढुसी हो ।

सामान्य हिसाबमा दुर्लभ मानिने यो संक्रमण ओसिलो ठाउँमा हुने जोखिम बढी छ । जब मानिसको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ, त्यतिबेला यसको संक्रमण हुने जोखिम बढी हुन्छ । पछिल्लो समय नेपालमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण कोभिड–१९ संक्रमित वा संक्रमण मुक्त भएका व्यक्तिहरुमा देखिएका छन् । यो संक्रमण विरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमै ध्यान पुर्‍याउनु आवश्यक छ ।जुनसुकै उमेर समूहका मानिसमा कोलो ढुसीको संक्रमण हुनसक्छ । तर नेपालको सन्दर्भमा १८ देखि ६० वर्ष उमेर समूहमा देखा परेका छन् । बिहीबार कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको म्युकर माइकोसिस अर्थात कालो ढुसीको संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ।

वीरगञ्जमा कालो ढुसीसँग मिल्दोजुल्दो संक्रमण तीन जनाको मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । तर परीक्षण नगरिएका कारण पुष्टि हुन सकेन । 

प्रारम्भिक लक्षण
अनुहार, नाक, मुख, आँखा वरिपरि दुख्नेआँखा र नाक सुन्निने, रातो हुने वा दुख्नेनाकको वरिपरिको छालाको रंग कालो हुँदै जानेनाकबाट रगत जस्तो तरल पदार्थ बग्नेबाक्लो सिंगान आउनेआँखाको ढकनी सुनिने र दुख्ने, आँखाले धमिलो देख्नेदाँत दुख्ने वा हल्लिनेटाउको भारी हुनेज्वरो आउनेअचेत हुने, बरबराउने हुन्छ

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo