KhabarUjyalo

धनगढीको फिस रिसोर्टमा अब पानीमाथी साइकल चलाउन मिल्ने !

२५ चैत्र २०८०, आईतवार
धनगढीको फिस रिसोर्टमा अब पानीमाथी साइकल चलाउन मिल्ने !

धनगढी : धनगढीको फिस रिसोर्टमा ‘वाटर साइकल’ सुरुवात गरिएको छ ।
धनगढी उपमहानगरपालिका ३ बिशालनगरमा रहेको न्यु एडभेन्चर फिस रिसोर्ट एण्ड पार्कले पानीमाथी चलाउन मिल्ने वाटर साइकल संचालनमा ल्याएको हो ।

आन्तरिक पर्यटक तथा बाहय पर्यटकलाई मनोरंजन दिने उदेश्यका साथै मोबाइल गेममा लत परेकालाई बालबालिकालाई पानीमाथी चलाउन मिल्ने वाटर साइकल मनोरञ्जन दिने माध्यम बन्न सक्ने रिसोर्टका संचालक गोबिन्द भण्डारीले जानकारी दिए ।

सिंगल वाटर साइकलिङको तीन सय र कपल वाटर साइकलिङको पाँच सय रुपैयाँ शुल्क राखिएको छ ।

रिसोर्टमा नयाँ व्यवस्थापनसहित पुन: सञ्चालनमा आएपछि विभिन्न सेवा थप्दै आएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo