धनगढी : नयाँ वर्षको पूर्वसंध्यामा धनगढीको फिस रिसोर्टमा सांगितीक कार्यक्रम हुने भएको छ ।
नयाँ वर्ष २०८१ को अवसरमा न्यु एडभेचर फिस रिसोर्ट एण्ड पार्कले सांस्कृतिक कार्यक्रम गर्ने लागेको हो ।
चैत्र ३० गतेको हुने सांस्कृतिक कार्यक्रममा कलाकारको लाइभ म्युजिक, डान्स एण्ड कमेडिसहित बेजोड प्रस्तुति हुनेछ । प्रवेश शुल्क दुई सय पच्चास रुपैयाँ राखिएको रिसोर्टका संचालक गोबिन्द भण्डारीले जानकारी दिए ।
रिसोर्टमा नयाँ व्यवस्थापनसहित पुन: सञ्चालनमा आएपछि वाटर साइकल,बोटिङ, तालमाथी जिपलाइन्, वाटर वल लगायत मनोरन्जनका सेवाहरु थपेको छ ।