KhabarUjyalo

आज २०८१ साल वैशाख ९ गते आइतबारको राशिफल

९ बैशाख २०८१, आईतवार
आज २०८१ साल वैशाख ९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ९ गते आइतबार तदनुसार सन् २०२४ अप्रिल २१ तारिख।

मेष : आजको दैनिकी राम्रो छ। शुभ समाचार सुन्न पाइने छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अचल सम्पत्ति प्राप्त हुनेछ।

वृष : दिन रमाइलोसँग बित्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट आर्थिक उन्नति हुनेछ। कर्मचारी हुनुहुन्छ भने बढुवाको अवसर देखिन्छ। मनपर्ने साथीसँगको भेटले खुशी मिल्नेछ।

मिथुन : अनावश्यक झन्झटमा पर्ने जोखिम भएकाले काम गर्दा सचेत हुनुपर्छ। सामाजिक क्षेत्रमा उन्नति हुनेछ। धार्मिक यात्रा गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कट : न्यायको क्षेत्रमा सफलता मिल्नेछ। ठुलो लगानीका लागि अगाडि नबढ्नु राम्रो हुन्छ। धार्मिक कार्यमा मन जानेछ। धेरै कमाउने भन्दा पनि परोपकार गर्ने दिन हो।

सिंह : सामाजिक काममा सफलता मिल्नेछ। बौद्धिक क्षेत्रबाट सम्मान मिल्नेछ। परोपकार गर्ने अवसर जुट्नसक्छ। परिवारसँग सन्तुष्टि मिल्नेछ।

कन्या : परिवारको माया प्राप्त हुने दिन छ। आफू नम्र भएर आफ्नो काम गर्ने समय छ। मनोरञ्जनमा सहभागी हुने योग रहेको छ।

तुला : बलले भन्दा बुद्धिले काम गर्ने समय छ। आफ्नो खल्ती छामेर मात्र खर्च गर्नुपर्ने समय छ। काम गर्नु अगाडि परिवारभित्र सल्लाह गर्नु राम्रो हुनेछ।

वृश्चिक : मान र प्रतिष्ठा बढ्ने दिन छ। मनमा बुनेका योजना नसुनाइ अगाडि बढ्नु राम्रो हुन्छ। पुरानो रोगले दुःख दिने खतरा छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

धनु : धार्मिक यात्रको योग रहेको छ। सुन्दर बन्न मन लाग्ने दिन हो। आर्थिक र सामाजिक क्षेत्रमो गरेको परिश्रमको फल मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : परिवारको नाम बाट काम गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। कतै प्रतिस्पर्धा गर्नु भएको भए निर्णय तपाईंको पक्षमा हुनेछ।

कुम्भ : बोलीको प्रभावले धेरै काम नहुने जोखिम छ। शत्रुपक्ष बलियो देखिएको छ। परिवारमा बोलीकै कारण झगडा हुने भएकाले थोरै बोलेर धेरै काम गर्नु राम्रो हुनेछ।

मीन : नाम र नाम कमाउने योग छ। आर्थिक क्षेत्रमा काम गर्दा सचेत हुनुपर्छ। व्यवहार गर्दा पारिवारिक सहमतिमा गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo