KhabarUjyalo

कैलालीको अत्तरीयामा खुल्यो सुदुरपश्चिमकै पहिलो डेन्टल हस्पिटल !

१३ बैशाख २०८१, बिहीबार
कैलालीको अत्तरीयामा खुल्यो सुदुरपश्चिमकै पहिलो डेन्टल हस्पिटल !

धनगढी : कैलालीको अत्तरीयामा सुदुरपश्चिम प्रदेशकै पहिलो अत्याधुनिक सुबिधा सम्पन्न उपकरण सहितको सुदूरपश्चिम डेन्टल हस्पिटल संचालनमा आएको छ।

अत्तरिया स्थित धनगढी रोडमा रहेको सुदूरपश्चिम डेन्टल अस्पतालमा दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, बाङोटिङ्गो दाँत मिलाउने, दात जरै देखि भर्ने, दुर्घटनामा परेका बिरामीको मुख सम्बन्धि जटिल शल्यक्रिया लगायत दाँत
र मुख सम्बन्धि सम्पुर्ण उपचार गरिने हस्पिटलका अध्यक्ष डा. अच्युत भट्टले बताए ।

डेन्टल अस्पतालले अत्याधुनिक डेन्टल चियर, स्टेरिलिसेसन मेसिन, एक्सरे मेसिन लागायतका उपकरणबाट दन्त चिकित्सक र दन्त विशेषज्ञहरुद्वारा चौबीसै घण्टा सेवा दिने संचालकले जनाएको छ।

डा. भट्टका अनुसार हाल १५ शैया संचालनमा आएको हस्पिटलले निकट भविष्यमा प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद बाट सम्बन्धन प्राप्त गरि अन्य कार्यक्रम गर्ने योजना गरेको छ।

लामो समयदेखी दन्त चिकित्सा क्षेत्रमा कार्यरत चिकित्सकद्वय अच्युत भट्ट र रोसन भट्टसहितको टिमले उक्त हस्पिटल संचालनमा आए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo