धनगढी : धनगढीमा इलेक्ट्रोनिक गेम हुने भएको छ । धनगढीको धनगढी ट्रेनिङ सेन्टरको आयोजनामा धनगढीमा हाल एसइई दिएका विद्यार्थीबिच इलेक्ट्रोनिक खेल प्रतियोगिता हुन लागेको हो ।
सुदुरपश्चिम प्रदेशका विद्यार्थीहरुका लागी समयको विकास सगैं प्राबिधिक क्षेत्रमा सीप तथा ज्ञान अनिवार्य होस् भन्ने उद्देश्य तथा कम्प्युटरयुगमा विद्यार्थीहरुलाई कम्प्युटर ज्ञान सम्बन्धि मनोबल उच्च बनाउनका लागि यो प्रतियोगिता आयोजना गरिएको धनगढी टेनिङ्ग सेन्टरका प्रबन्धक विनोद खड्काले जानकारी दिए ।
उनका अनुसार इलेक्ट्रोनिक गेम प्रतिस्पर्धामा अफलाइन लुडो ,चेस र कार रेस गरि ३ वटा खेल खेलाइने छ । खेल प्रतियोगितामा हाल एसइई परीक्षा दिइरहेका विद्यार्थीहरुले सहभागी हुन पाउने छन । एउटा विद्यार्थीले एउटा मात्र खेलमा सहभागी हुन पाउने छन् । प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र सहित नगद पुरस्कार सम्मान गरिने र खेल सहभागीमध्ये उत्कृष्ट ४० जनालाई निशुल्क बृज कोर्स पढाईने प्रबन्धक खड्का जानकारी दिए ।
खेलमा सहभागी हुन विद्यार्थीले धनगढी सन्तोषीटोलमा रहेको धनगढी ट्रेनिङ सेन्टरको कार्यालयमा उपस्थित भइ वा संस्थाको फेसबुक पेज Dhangadhi Training Center मा राखिएको Electronic Game Competition लिन्कमा जोडिएर या पेजमा राखिएको Scan लाई Scan गरेर नि:शुल्क रुपमा चैत ३० गतेसम्म आवेदन फाराम भर्न सकिन्छ । थप जानकारीको लागि ०९१५२६१३३ वा ९८४८६८८६४८ मा सम्पर्क गरेर बुझन सकिने धनगढी ट्रेनिङ सेन्टरले जनाएको छ ।