काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व मन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्।
शुक्रबार दिउँसो भुसालले चलाएको बा. १६ च १३८४ नम्बरको कार नयाँ बानेश्वरमा अनियन्त्रित भई सडकको बीचमा राखिएको डिभाइडरमा ठोक्किएको हो ।
गाडी चलाएर तीनकुने स्थित पार्टी कार्यालय जाँदै गर्दा एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि वेहोस भएपछि उनको गाडि दुर्घटनामा परेको जनाईएको छ। भुसाललाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ।