धनगढी : कैलालीको अत्तरियास्थित अत्तरिया हस्पिटलले पेट र स्तन क्यान्सर रोग सम्बन्धि चेकजाँच हुने भएको छ ।
हस्पिटलका अनुसार २४ गतेदेखि साताको हरेक शनिबार पेट र स्तन क्यान्सरसम्बन्धि चेकजाँच हुने जनाएको छ ।
हस्पिटलले विशेषज्ञ चिकित्सकबाट विशेषज्ञ सेवा दिदै आएको छ । विशेषज्ञ सेवा बिस्तार गर्दै हस्पिटलले वरिष्ठ कन्सल्टेन्ट जनरल तथा क्यान्सर रोग विशेषज्ञ प्रा. डा. अनुप शर्माबाट पेट र स्तन क्यान्सरसम्बन्धि सेवा दिइने हस्पिटलले जनाएको छ ।