KhabarUjyalo

‘सारेगमप लिटिल च्याम्प्स’ मा धनगढीकी दिया लुईटेलको उत्कृष्ट प्रस्तुति, भोटिङ्गका लागि अपिल !

१८ मंसिर २०७८, शनिबार
‘सारेगमप लिटिल च्याम्प्स’ मा धनगढीकी दिया लुईटेलको उत्कृष्ट प्रस्तुति, भोटिङ्गका लागि अपिल !

काठमाडौँ- धनगढीकी १४ बर्षिया दिया लुईटेल ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ को १७ औं एपिसोडमा उत्कृष्ट प्रस्तुति गरेकी छिन् ।

नेपालमै पहिलोपटक हुन गइरहेको नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सिङ्गगिङ्ग रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ मा उनी उत्कृष्ट ११ मा पुगेकी हुन् । भने उत्कृष्ट १० का लागि शुक्रबार राती गायन प्रस्तुत गरेकी थिइन् ।

उक्त १७ औं एपिसोडमा दियाले नेपाल आइडल सिजन २ का बिजेता रवि ओडसङ्ग ‘तम्रै फोटाले’ सुदूरपश्चिमको डेउडा भाकाको गित दमदार गाएकी थिइन । ५० अंकमा उनले निर्णायकबाट २७ अंक र जुरी भोटबाट २० अंक गरी जम्मा ४७ अंक प्राप्त गरेकी थिईन् । भने ५० अंकका लागि भोटिङ हुने गर्छ । उत्कृष्ट १० का लागि सोमबार १२ बजेसम्म भोटिङ गर्न मिल्नेछ । दियालाई भोटिङका लागि message box मा गएर टाइप क्यापिटलमा SGMP 05 त्यसपछि 33001 मा मेसेज पठाउने सकिन्छ । यस्तै MOMO app डाउनलोड गरेर पनि भोट गर्न सकिने छ ।

ग्यालेक्सी 4K मा प्रसारण भैरहेको सारेगमप लिटिल च्याम्प्स नेपाल’ मा निर्देशन एलिन श्रेष्ठ रहेका छन् । न्हु बज्राचार्य, इन्दिरा जोशी तथा कालीप्रसाद बाँस्कोटा जज रहेको यस कार्यक्रमको सञ्चालन रिमा विश्वकर्मा र यमन श्रेष्ठले गर्नेछन् ।

सिङ्गगिङ्ग रियालिटी सो साताको दुई दिन हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोर के र DOKO Youtube Channel बाट प्रसारण हुदैछ ।

दियाको घर धनगढी उपमहानगरपालिका २ मा रहेको छ भने अहिले उनी संगित कक्षासङ्गै कक्षा ९ मा काठमाडौंमा पढ्दैछिन । जति सक्दो भोटिङ गरेर दियालाई भोटिङबाट जिताई दिन परिवारले अपिल गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo