KhabarUjyalo

अमेरिकामा पनि देखियो कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन

१६ मंसिर २०७८, बिहीबार
अमेरिकामा पनि देखियो कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन

काठमाडौं : अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ।

यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा फेला परेको अमेरिकाका स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन्।

यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका हुन्।

उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो। यसबाट उनको कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको बताइएको छ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले क्यालिफोर्नियामा बुधबार देखा परेको यो नै अमेरिकामा देखिएको ओमिक्रोनको पहिलो संक्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo