KhabarUjyalo

बाढी पहिरो र डुबानले धान बालीमा पुर्याएको क्षतिको ६५ प्रतिशत राहत सरकारले दिने निर्णय

१२ कार्तिक २०७८, शुक्रबार
बाढी पहिरो र डुबानले धान बालीमा पुर्याएको क्षतिको ६५ प्रतिशत राहत सरकारले दिने निर्णय

काठमाडौं – सरकारले संसदको चालु अधिवेशन अन्त्यको सिफारिश गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यको सिफारिश राष्ट्रपति समक्ष गर्ने निर्णय गरेको हो ।

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई अर्थपूर्ण मानिएको छ । अधिवेशनमा नेकपा एमालेले अवरोध गर्दै आएको थियो ।

कात्तिकको सुरुमै बेमौसमी वर्षाले आएको बाढी पहिरो र डुबानले धान बालीमा पुर्याएको क्षति मूल्यांंकन गरी कृषकलाई ६५ प्रतिशतसम्म राहत वितरण गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी, सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ । भारतका लागि डा. शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्री राजदूत नियुक्तिका लागि सिफारिश भएका हुन् ।

सरकारले नेपाली सेनाका उपरथी सरोजप्रताप राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको सरकार प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

बैठकले प्रधानसेनापति प्रभुराम शर्माको भारत भ्रमणलाई स्वीकृति दिने निर्णय पनि गरेको छ।

यसैगरी मध्यम किसान १० कठ्ठाभन्दा बढी रहेको जग्गामा क्षति भएमा तीन विघासम्म क्षतिको ३० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरिएको छ। साथै, ठूला किसानको मापदण्डभित्र परेकालाई तीद्द विघाभन्दा बढी जग्गा भएका र आंशिक धानबालीमा क्षति भएका किसानलाई क्षतिको अधिकतम् २० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

प्रधानमन्त्री कार्यालयका सचिवले पाँच दिनभित्र कार्यविधि बनाइ सोहीअनुसार राहत वितरण गरिने सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo