KhabarUjyalo

चक्र बम र लक्ष्मी आचार्यको नयाँ गित ‘ओ मेरी भाउजु’ सार्वजनिक, २४ घण्टा नपुग्दै ट्रेन्डिङमा !

२५ आश्विन २०७८, सोमबार
चक्र बम र लक्ष्मी आचार्यको नयाँ गित ‘ओ मेरी भाउजु’ सार्वजनिक, २४ घण्टा नपुग्दै ट्रेन्डिङमा   !

धनगढी – चर्चित गायक तथा मोडेल चक्र बम र चर्चित गायिका तथा मोडल लक्ष्मी आचार्यको नयाँ गित ‘ओ मेरी भाउजु’ सार्वजनिक भएको छ । गीतमा चक्र बम र चर्चित गायिका लक्ष्मी आचार्यको स्वर रहेको छ । आइतबार गितको म्युजिक भिडियो गायक चक्र बमको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन ।

म्युजिकमा चक्र बमकै सङ्गीत र शब्द रहेको छ। एरेन्ज कृष्ण बिक,मिक्सिङ श्यामस्वत रसाइलीले गरेका छन् । म्युजिकको निर्देशन मौसमी हिमाली र सम्पादक प्रविन भट्टले गरेका छन् । म्युजिक भिडियोमा लोकप्रिय अभिनेत्री करिस्मा मानन्धर,चक्र बम,करिस्मा ढकाल र जेरी भण्डारीले अभिनय गरेका छन् । गितमा साली भिनाजुको प्रेम प्रसङ्ग रहेको छ । गितमा डोटेली शब्द रहेका छन् ।

गित दर्शकले अत्यधिक मन पराएका छन् सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युवको ट्रेन्डिङ्गमा प्रवेश गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo