KhabarUjyalo

अब न उत्तर भन्न सक्छु न सुल्झाउन सक्छु (गजल)

२३ आश्विन २०७८, शनिबार
अब न उत्तर भन्न सक्छु न सुल्झाउन सक्छु (गजल)

थप केही पीडा तिम्रा पनि म पचाउन सक्छु
कमिलो हुँ ओजन भन्दा बढी उठाउन सक्छु

म बिग्रेर घडी हुँ भित्तामा झुन्ड्याएर राखेको
दिनमा दुई पटक सही समय बताउन सक्छु

मलाई मानसिक अस्पताल लगियो त के भो
कापीमा अझै उनको तस्वीर बनाउन सक्छु

चप्पलको तुना चुडिएको हो मेरो खुट्टा होइन जिन्दगीलाई अझै केही कोश हिडाउन सक्छु

म त्यहीँ ज्यामिति हुँ तिम्ले बिगारेर छोडेको
अब न उत्तर भन्न सक्छु न सुल्झाउन सक्छु

 गीता स्मृति कठायत,अध्यक्ष डोटेली साहित्य प्रतिष्ठान डोटी

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo