Khabar Ujyalo

बुवाको स्मृतिमा विनयप्रकाश मल्लद्वारा ९२ हजार २ सय सहयोग !

२९ भाद्र २०८३, सोमबार
बुवाको स्मृतिमा विनयप्रकाश मल्लद्वारा ९२ हजार २ सय सहयोग !

धनगढी : हाल जापानमा बस्दै आएका डडेल्धुराका समाजसेवी विनयप्रकाश मल्लले आफ्ना बुवाको २३औँ पुण्यतिथिको स्मृतिमा रु. ९२ हजार २ सय सहयोग गरेका छन्।
मल्लले रसुवाका बाढीपीडितको सहयोगका लागि व्यक्तिगततर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० हजार जम्मा गरेका छन्।
त्यसैगरी, डडेल्धुराको अमरगढी नगरपालिका–३ स्थित श्री असिग्राम आमा समूहलाई विशेष प्रयोजनका लागि रु. २९ हजार र गुजुल्लेक टोल महिला समूहलाई रु. ११ हजार २ सय गरी थप रु. ४० हजार २ सय सहयोग हस्तान्तरण गरेका छन्।
बुवाको स्मृतिमा गरिएको उक्त सेवाकार्यले दुःखमा परेकाहरूलाई थोरै भए पनि राहत पुग्ने विश्वास मल्लले व्यक्त गरेका छन्।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.