५ कार्तिक २०७८, शुक्रबार

उद्घाटन अगावै आगलागीबाट पुर्णक्षति भएको आलोक मल्टी कन्सर्न पुनः संचालनको तयारीमा !

१३ आश्विन २०७८, बुधबार
उद्घाटन अगावै आगलागीबाट पुर्णक्षति भएको आलोक मल्टी कन्सर्न पुनः संचालनको तयारीमा !

धनगढी । उद्घाटन अगावै आगलागीबाट पुर्ण क्षति भएको धनगढीस्थित चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालि पुन: संचालनमा आउने अन्तिम तयारीमा रहेको छ ।

गत चैत पहिलो सातामा सावाँ पाँच करोड लगानीमा आलोक मल्टी कन्सर्न उद्योग संचालनमा हुने तयारी रहेका बेला फाल्गुन २२ गते शनिबार एक्कासि उद्योगमा आगलागी हुँदा पुर्ण रुपमा ध्वस्त भएको थियो । झण्डै पौने पाँच करोडको नोक्सान भएको थियो ।

आगलागीबाट पुर्णरुपमा ध्वस्त भएको आलोक कन्सर्न प्रालीलाई जनस्तरबाटै आर्थिक सहयोग र उद्योग संचालनमा आउन्जेलसम्म सहुलियत रुपमा विभिन्न ब्यक्तिको आर्थिक रकम सहयोगबाट तत्कालै उद्योग संचालनमा ल्याएर उत्पादन सुरु गरेको थियो । आलोक मल्टी कन्सर्नको सोरुम भने दशै तिहारको बिचमा संचालनको तयारी रहेको संचालक भोजराज भट्टले बताए ।

आगलागी भएपछि आलोक मल्टी कन्सर्न प्रालिले ब्यवस्थित रुपले तीन वटा छुट्टाछुट्टै भवन निर्माण गरेर संचालनमा ल्याउने तयारी गरेको छ । अगाडिको भवनमा आलोक मल्टी कन्सर्न प्रालिको सोरुम ,पछाडीका दुई भवनमा गोदाम र उद्योग रहेको छ । झण्डै ९ करोड लागतमा पुनः संचालनको तयारीमा रहेको संचालक भट्टले बताए ।

भारत तथा अन्य देशबाट आयातित हाउस डेकुरेसन सामाग्री अब धनगढीमै सस्तो,गुणस्तरीय तथा अत्याधुनिक घर निर्माणपछिका आवश्यक पर्ने फर्निचर,फर्निसिगं, किचनका डेकुरेसन,इन्टेरियर डेकुरेटका सामाग्री उत्पादित गर्ने उदेश्य रहेको संचालक भट्टले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
1K Shares
Tweet
Share1K
Share
Pin