धनगढी। धनगढी उपमहानगरपालिकाले १९ ओटै वडामा असोज १० गते (आज) देखी कोभीड-१९ विरुद्धको पहिलो मात्राको भेरोसिल खोप लाउने भएको छ ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले उपमहानगरपालिकाका १९ वडाका २२ स्थानबाट कोभिड-१९ विरुद्धको भेरोसिल खोप लाउने कार्यक्रम रहेको बताए । उनले खोप लाउनका लागि अनलाइन दर्ता भने आवश्यक रहेको बताए ।
आज देखि ११ गतेसम्म लगाउने खोपको लागि ४५ बर्ष भन्दा माथिका नागरिक र १८ बर्ष माथिका खोप लाउन छुटेका विद्यार्थीहरू मुख्य प्राथमिकतामा रहेको बताए । बिद्यार्थीको हकमा बिधालय तथा विश्व बिधालयले जारी गरेको परिचयपत्र लिएर आउनुपर्ने स्वास्थ्य शाखा प्रमुख बोहराले बताए । उनले वडानम्बर १८ र १९ भने असोज ११ र १२ गते खोप लाउने बताए ।