KhabarUjyalo

दार्चुलामा भेटिए ८ जना स्क्रब टाइफसका बिरामी

२१ श्रावण २०७८, बिहीबार
दार्चुलामा भेटिए ८ जना स्क्रब टाइफसका बिरामी

दार्चुलामा ८ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन । जिल्ला अस्पताल दार्चुलाका अनुसार तिन वटा स्थानीय तहका ६ जना महिला सहित ८ जनामा स्क्रब टाइफसका बिरामी देखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए ।  साउन १३ गते देखि १८ गते सम्म २ जना  पुरुष तथा ६ जना महिला गरी ८ जनामा स्क्रब टाइफस देखिएको जनाएको छ । 

दार्चुलाको मालिकार्जुन गाउँपालिका तथा व्याँस गाउँपालिकामा समान १÷१ जना र महाकाली नगरपालिकामा ६ जनामा स्क्रब टाइफस देखिएको छ ।जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको अस्पतालले जनाएको छ । गत बर्षमा जिल्लाभरी ३४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो ।

हालसम्म जिल्लामा देखिएकाहरु स्क्राब टाइफसका बिरामीलाई घर पठाइएको छ । चिकित्सकहरुका अनुसार माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

गत वर्ष देखिएकाहरु मध्ये २५ जना महिला रहेका छन् । अहिले पनि ६ जना महिला नै छन । महिलाहरु पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा महिलाहरु घाँस तथा स्याउला सोतर गर्ने भएका कारण पुरुष भन्दा बढी महिलाहरु स्क्रब टाइफसको जोखिममा रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo