KhabarUjyalo

एमालेको अर्थ विभागमा गभर्नर अधिकारी मनोनयन भएको भन्दै संसदमा गभर्नरका विषयमा उठ्यो प्रश्न !

२९ असार २०७९, बुधबार
एमालेको अर्थ विभागमा गभर्नर अधिकारी मनोनयन भएको भन्दै संसदमा गभर्नरका विषयमा उठ्यो प्रश्न !

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा प्रश्न उठेको छ । नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यमा गभर्नर अधिकारी मनोनयन भएको समाचार प्रकाशित भएपछि संसदमा प्रश्न उठेको हो ।

एमालेले खोटाङ घर भएका एम अधिकारीलाई विभागको सदस्यमा राखेको सूची सार्वजनिक गरेको थियो । त्यसपछि सो सम्बन्धी समाचार प्रकाशित भएपछि गभर्नर अधिकारीका विरुद्ध प्रश्न उठेको हो ।

यद्यपि गभर्नर अधिकारीले भने यसलाई अस्वीकार गरेका छन् ।

महाप्रसाद अधिकारी यसअघि पनि सुरेन्द्र पाण्डे अध्यक्ष रहेका बेलामा सोही विभागको सदस्य थिए । तत्कालिन समयमा महाप्रसाद अधिकारी, खोटाङ भनेर सदस्यमा नाम राखिएको थियो । अहिले महाप्रसादको स्थानमा एम अधिकारी भनिएको छ ।

नाममा नेपाल राष्ट्र बैंक गर्भनर महाप्रसाद अधिकारी नेकपा एमालेको आर्थिक सल्लाकार समितिमा बसेको भन्दै संसदको यसको चर्को विरोध भएको हो ।

बुधबार प्रतिनिधि सभा संसदमा बोल्दै विभिन्न सांसदहरुले यसको बिरोध गरेका छन् ।

नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्मा नेपाल राष्ट्र बैंकका गभर्नर जस्तौ व्यक्ति कुनै पार्टीको सल्लाकार समितिमा बस्न मिल्छ भन्दै प्रश्न गरेका छन् ।

‘एम अधिकारीको नाममा नेकपा एमालेको आर्थिक विभागमा सल्लाकारमा गर्भनर अधिकारी बस्नु गम्भीर विषय हो,’ उनले भने ।

साथै, उनले गर्भनर जस्तो पदमा बसेको व्यक्तिले नेपाल श्रीलंका जस्तो बन्न लागेको भनेर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिदै हिँडेको समेत उनले आरोप लगाए ।

‘छिमेकी देशलाई अपमान हुनेगरी गर्भनरले श्रीलंका जस्तो बन्न लागेको बताउँदै हिँड्नु भएको छ,’ विश्वकर्माले भने, ‘यस किमिसको आतंक मच्चाउँदै हिँड्न उहाँलाई मिल्दैन । यसमा सभामुखले रुलिङ गर्नुपर्छ ।’

त्यस्तै, संसदमा बोल्दै सांसद रेखा शर्माले पनि एम अधिकारीको नाममा गर्भनर अधिकारी पार्टीको सल्लाकार समितिमा बसेको भन्दै यसको विरोध गरेकी छन् ।

त्यस्तै, नेकपा माओवादीकी सांसद अञ्जना विशंखेले पनि सञ्चार माध्यमका गभर्नर कुनै पार्टीको सल्लाहकार समितिमा बसेको समाचार आएको भन्दै यसको बिरोध गरिन् ।

कानूनले पनि गभर्नर कुनै पनि पार्टीको सदस्य हुन नहुने भन्ने रहेको भन्दै यो कानून विपरीत भएको बताइन । उनले नेपाल राष्ट्र बैंक ऐनको दफा २१ (क) मा राजनैतिक दलको सदस्य वा पदाधिकारीका रुपमा नियुक्त हुन नहुने उल्लेख भएको बताइन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo