KhabarUjyalo

दार्चुलामा करेन्ट लागेर एक शिक्षकको मृत्यु

१७ जेष्ठ २०८०, बुधबार
दार्चुलामा करेन्ट लागेर एक शिक्षकको मृत्यु

दार्चुला, १७ जेठ । दार्चुलामा करेन्ट लागेर एकजना शिक्षकको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका वडा नं ३ का दमनसिंह कार्कीको मंगलबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

शिक्षक कार्की अपिहिमाल गाउपालिका वडा नम्बर ४ स्थित सरस्वती आधारभूत विद्यालय मरखोलामा बिगत ८ वर्ष देखि अध्यापनरत रहेका थिए । आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विद्युत मर्मत गरिरहेका बेला करेन्ट लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo