KhabarUjyalo

झलनाथ खनालविरुद्ध नाराबाजी गर्ने ९ जना पक्राउ

१७ जेष्ठ २०८०, बुधबार
झलनाथ खनालविरुद्ध नाराबाजी गर्ने ९ जना पक्राउ

काठमाडौं । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालविरुद्ध नाराबाजी गर्ने ९ जना पक्राउ परेका छन् ।

मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित कार्यक्रममा एक युवाले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गरेपछि त्यसको पक्षमा सामूहिक नाराबाजी गर्ने ९ जनालाई प्रहरीले आज प्रकाउ गरेको हो ।

कार्यक्रममा झलनाथ खनाल, नेकपा क्रान्तिकारी (माओवादी) सिपी गजुरेल र पूर्व गभर्नर डा.दिपेन्द्र क्षेत्री सहभागी थिए । हुलदंगा गर्ने ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

पक्राउ पर्नेमा सन्तोष राजाबादीसहित ९ जना छन् । पूर्व प्रधानमन्त्री खनाललाई गाली–गलौज गर्दै आक्रोशित समूहले ‘सर्प चोर देश छोड’ भन्ने नारा लगाएका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo