KhabarUjyalo

धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा गंगा दशहरा मेला सुरु

१६ जेष्ठ २०८०, मंगलवार
धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा गंगा दशहरा मेला सुरु

धनगढी : सुदूरपश्चिमको धार्मिक एवंम् पर्यटकीय स्थल खप्तडमा आज गंगा दशहरा मेला सुरु भएकोको छ । खप्तडमा हरेक वर्ष जेष्ठ शुक्ल पक्ष दशमीमा लाग्ने ‘गंगा-दशहरा’ मेला मेला हेर्नका लागि देश तथा विदेशवाट समेत श्रद्धालु भत्तजनहरु खप्तड पुगेका छन ।

गंगादशहरा मेलाको अवसरमा घोडादौड,
भलिवल , देउडा  , पुरुष म्याराथुन र महिला ह्याप म्याराथुनकाे प्रतियोगिता समेत गरेको छ ।

झण्डै ५१ वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ खप्तड प्रकृतिप्रेमीलाई मात्र नभई, भक्तजन तथा पर्यटकहरुका लागि पनि उपयुक्त गन्तव्य बन्दै गएको छ । धार्मिक तथा पर्यटकीय स्थलका रुपमा  प्रसिद्ध स्थल खप्तड बैशाखदेखि मंसीरसम्म घुम्नका लागि उपयुक्त समय मानिन्छ ।  पहाडको चुच्चोमा अग्ला अग्ला लेकाली सल्लाका रूख त्यसको फेदीमा सुन्दर हराभरा ठुला ठुला पाटन, मैदानमा छाडिएका घोडाहरू र चौरमा फुलेका रंगीबिरंगी फूलहरुले पर्यटकहरुको मनलाई लोभ्याउने गर्छ ।
सुदूरपहाडका चार जिल्लाहरु बाजुरा, बझाङ्ग, अछाम र डोटीको केन्द्र बिन्दुमा पर्ने खप्तड नेपालकै सुन्दर पर्यटकीय क्षेत्रहरुमध्येको एक हो।

खप्तड एक प्रकृतिको अनुपम उपहार हो – जहाँ आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र बसन्त ऋतुमा रंगीविरंगी फूलले छपक्कै छोपेका मैदानहरु, अझ भनौं स्वर्गकै एक टुक्रा खसे जस्तो । हिउँदको बेला बाक्लो हिउँमा पहिलो पटक टेक्दा त धर्तीको स्वर्गमा पुगे झैं अनुभूति हुने ठाउँ।

२२ पाटन र ५२ झोती भनेर पनि चिनिने खप्तडमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, माइका थान, छिन्तेढुंगा, केदारढुंगा, डाँफेकोट, सीता पाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला, पाटन जेठी बहुरानी ढुंगा, भलाउने पाटन, जस्ता धार्मिक स्थलहरुले खप्तड क्षेत्रलाई विशिष्ट बनाएका छन्।

यी क्षेत्र तथा स्थानहरुको पनि आ–आफ्नै महत्व छ। जसले आम जनमानसलाई लोभ्याइराख्छन्। २२ पाटन, २५ मैदान र ५२ वटा थुम्काहरु (झोती) रहेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo