KhabarUjyalo

आज मे १७, विश्व उच्च रक्तचाप दिवस

३ जेष्ठ २०८०, बुधबार
आज मे १७, विश्व उच्च रक्तचाप दिवस

मे १७, विश्व उच्च रक्तचाप दिवस

बदलिँदो परिवेशसँगै कुनै समय सरुवा रोगको संक्रमणले कैयौँ ज्यान गुमाएको अवस्था थियो भने अहिले नसर्ने रोगको भार नेपालमा मात्र नभइ पूरै विश्वमै नसर्ने रोगको चाप बढ्दाेक्रम छ। नसर्ने रोग मध्ये अकाल मृत्युको प्रमुख कारण बनेको छ उच्च रक्तचाप ।
के हो उच्च रक्तचाप ?
रक्तचाप भनेको मुटु खुम्चदा र फैलिँदा रक्तनलीको भित्तामा पर्ने एक प्रकारको दबाब हो । सामान्यतया एक वयस्क व्यक्तिको औसत
रक्तचाप १२०/८० एमएमएचजी हुन्छ । यो रक्तचाप बढेर १४०/९० भन्दामाथि पुगेमा उच्च रक्तचाप भएको भन्न मिल्छ । उच्च रक्तचापका कारण मुटु, मृगौला, मस्तिष्क, आँखाजस्ता शरीरका मुख्य अंगमा असर गर्दछ । नेपालमा विभिन्न तथ्या‌‍क हेर्ने हो भने शहरी क्षेत्रमा ग्रामीण क्षेत्र भन्दा बढी समस्या रहेको देखिन्छ । विश्व स्वास्थ्य संगठनकाअनुसार कुल मृत्युको ३० प्रतिशत मुटुसम्बन्धी रोगका कारणले हुने गर्दछ । हरेक चार जना वयस्कमा एकजनामा उच्च रक्तचाप रहेको देखाइएको छ ।

विश्वस्वास्थ्य संगठनकाअनुसार विश्वमा ३० देखि ७९ वर्ष उमेर समूहमा एक अर्ब २८ करोड मानिसलाइ उच्चरक्तचापको समस्या रहेको देखिएको छ । जसमध्ये दुर्इ
तिहाइ समस्या मध्यम तथा निम्न आय भएका देशहरुमा देखिएको छ । रक्तचाप उच्च हुँदा पनि धेरै मानिसहरुमा लक्षण नदेखिने हुँदा यसलाइ साइलेन्ट किलर भनेर नाम दिइएकाे छ ।
उच्च रक्तचापका जोखिम धुम्रपान मद्यपान गर्ने व्यक्तिहरु, निस्क्रिय जीवनशैली, मोटोपन, मानसिक तनाव तथा अन्य दीर्घ रोगहरुमा उच्च रक्तचापको जोसिम बढी हुन्छ । ढिक्ने नुन खाने, तलेका तथा बोसोजन्य खानेकुरा बढी खाने र सागसब्जी फलफूल नखाने व्यक्तिहरुमा जोखिम बढी हुन्छ ।
विश्वभरि उच्च रक्तचाप बारे जनचेतना फैलाउने उद्देश्यले इन्टरनेश्नल सोसाइटी अफ हाइपरटेन्सनलेमा २०१७ देखि अभियान थालेको हो र मे १७ लाइ उच्च रक्तचाप दिवस भनेर मनाउँदै आइरहेको छ ।
एक स्वस्थ वयस्क व्यक्तिले कम्तीमा पनि ६ महिनामा एकपटक अनिवार्य रक्तचाप मापन गराउनुपर्छ, यसले समयमै सचेत गर्नुका
साथै भविष्य हुने जोखिम न्यूनीकरण हुन्छ । रक्तचाप नियन्त्रण नगरे हृदयघात, पक्षघात, मृगौला तथा आँखाको समस्या हुन्छ ।
औषधि उपचार तथा उचित जीवनशैली नै उच्चरक्तचाप व्यवस्थापनको उपयुक्त तरिका हो ।
किन व्यवस्थापनमा समस्या ?
सहज उपचार हुँदाहुँदै पनि यस रोगको प्रयाप्त नियन्त्रण हुनुको साटो बढ्दै गएको तथ्याङ्क आइरहेको छ यसकारण यसका अवरोध
हरुबारे गहिरो अध्ययन जरुरी छ । विभिन्न अध्ययन अनुसन्धानकाअनुसार मुख्य अवरोधहरुमा रोगबारे अर्पयाप्त ज्ञान, औषिधप्रति विश्वासको कमि, डाक्टरहरुसँग नियमित चेक जाच नगराउनु, स्वास्थ्यकर्मीबाट रोगकोबारे सबै जानकारी दिन नसक्नु, बदलिँदो जीवनशैली जस्ता रहेका छन् । सरकारी अस्पतालको कुरा गर्ने हो भने बिरामीको अत्यधिक चापको कारण एकै बिरामीलार्इ धेरै समय दिन सक्भव पक्कै पनि नहोला, बिरामी र डाक्टरकोबीचमा विश्वासको वातावरण नबन्दा उपचारप्रति त्यति विश्वास बन्दैन र यसो भएका बिमारीले समस्या देखिए पनि औषधि सेवन गर्ला नगर्ला भन्न सकिन्न यसकारण रोगको उपचार औषधिमा मात्र सीमित नरही परामर्शको पनि मुख्य भूमिका रहेको हुन्छ ।
अर्कोतिर गाउँ समाजमा चलिआएको जडिबुटी सेवन तथा तितो खानेकुराले प्रेसर घटाउँछ भन्ने मानसिकताले पनि औषधिप्रति विश्वास कम भएकाे देखिन्छ । जडिबुटी उपयोगी त हुन्छन् तर रोगले उग्ररुप लिसकेपछि औषधिको विकल्प पक्कै पनि होइन ।
हाम्राे जस्तो देशमा समुदाय स्तरमा उच्च रक्तचाप सम्बन्धी स्वास्थ्य शिक्षामा अझै पनि कमि नै देखिन्छ ।
जीवनशैली परिर्वतन मानसिक तनाव व्यवस्थापनले प्रेसर नियन्त्रण गर्न मद्दत गर्दछ । नियमित शारीरीक व्यायाम, योग तथा मनपर्ने मनोरन्नका क्रियाकलाप गर्ने ।

खानपिन मा मुख्यतया बोसो युक्त तलेका खानेकुरा कम खाने र नुनको उपभोग कम गर्ने, रक्तचाप नियन्त्रण गर्न दिनमा ५ ग्रामभन्दा बढी नुन खान उपयुक्त मानिँदैन । दैनिक खानपिनमा हरियो सागसब्जी, फलफूलको सेवन उपयुक्त हुन्छ । अनियन्त्रित शारीरीक तौलले रक्तचापको जोखिम बढाउँछ । खनपिनका लागि बन्देजभन्दा पनि व्यायाम गरी क्यालाेरी बर्न गरी वजन घटाउदा रक्तचाप नियन्त्रण हुन्छ ।

र यसका साथै उपयुक्त निन्द्रा पनि उत्तिकै आवश्यक छ। समयमै खानपिन, सक्रिय जीवनशैलीको अभ्यास गर्ने हो भने भविष्य हुने रोगको भार कम हुनेछ र उच्चरक्तचाप समस्या भएमा चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गर्नु नै बुद्धिमानी हुन्छ ।

स्वस्थ जीवनशैलीे र नियमित रक्तचाप मापन जनस्वास्थ्यको कस्ट इफेक्टिभ रणनिति हुन् ।

सुमन भट्ट पनेरु

धनगढी, कैलाली

sbhatta073@gmail.com

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo