KhabarUjyalo

सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा थप ५० शैयाको कोरोना अस्पतालको शिलान्यास

६ बैशाख २०७८, सोमबार
सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा थप ५० शैयाको कोरोना अस्पतालको शिलान्यास

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा थप ५० शैया कोरोना अस्पतालको शिलान्यास गरिएको छ । सोमबार सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कोरोना अस्पतालमा थप ५० शैयाको कोरोना अस्पतालको शिलान्यास गरेका हुन् ।

धनगढी उपमहानगरपालिका–१ मा रहेको वडा प्रहरी कार्यालयको विपरीत दिशातर्फ रहेको कोरोना अस्पतालमा थप ५० शैयाको अस्पतालको शिलान्यास गरिएको छ । कोरोना भाइरस बढ्दो अवस्थालाई ध्यानमा राख्दै  चालू आर्थिक बर्ष अगाबै निर्माण कार्य पूरा गर्न कार्यालय प्रमुख तथा निर्माण कम्पनीलाई मन्त्री सुवेदीले निर्देशन समेत दिएको सामाजिक बिकास मन्त्रालयको सचिवालयले जानकारी दिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo