KhabarUjyalo

सवा आठ खर्ब पुग्यो व्यापार घाटा

११ फाल्गुन २०७९, बिहीबार
सवा आठ खर्ब पुग्यो व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनासम्ममा कुल वैदेशिक व्यापारमा २०.८४ प्रतिशतले गिरावट आएको छ भने यो अवधिमा निर्यात सबैभन्दा बढी २९.०३ प्रतिशतले घटेको छ ।

भन्सार विभागका अनुसार माघसम्ममा आयातमा भने १९.९ प्रतिशतमात्रैले कमी आएको हो ।

माघसम्ममा मुलुकले ८ अर्ब ७३ करोड रूपैयाँ व्यापार घाटा बेहोरेको छ । यस अवधिमा ९ खर्ब १९ अर्ब १६ करोडको वस्तु आयात हुँदा निर्यात भने ९३ अर्ब ४३ करोडमा सीमित छ, जसकारकारण सवा ८ खर्ब व्यापार घाटा हुन पुगेको हो ।

यद्यपि, गत आवको सोही अवधिको तुलनामा मुलुकको व्यापार घाटा कम हो । गत वर्षको माघसम्ममा १० खर्ब १५ अर्ब ८० करोड रूपैयाँ बराबरको व्यापार घाटा भएकोमा चालु आवमा भने १८.७१ प्रतिशतले कमी आएको विभागको तथ्यांक छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo