KhabarUjyalo

अभिनेता पल शाहले कारागारमै जन्मदिन मनाए

१० फाल्गुन २०७९, बुधबार
अभिनेता पल शाहले कारागारमै जन्मदिन मनाए

काठमाडाैँ । अभिनेता पूर्णविक्रम (पल) शाहले आफ्नो ३३ औँ जन्मदिन तनहुँ जिल्ला कारागारभित्रै मनाउने भएका छन्। कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति पनि दिएको छ।

तनहुँ जिल्ला कारागार प्रशासकले अनुमति दिएपछि पलले एउटा केक अर्डर पनि गरेका छन्। पललाई जन्मदिनको शुभकामना दिन कलाकार पूजा शर्मा, निर्देशक शोभित बस्नेत र संगीतकार योगेशकाजी पनि कारागारमै पुगेका छन्। यी तीनै जना पलनिकट फिल्मकर्मी मानिन्छन्।

सामाजिक सञ्जालमार्फत् पलका फ्यानले जन्मदिनको शुभकामना दिइरहेका छन्। साथै कलाकार शर्माले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भगवानको आशीर्वाद सधैं रहोस् तिमीलाई। अघिल्ला वर्षझैं यो वर्षपछि सँगै जन्मदिन मनाउन पाउँदा धेरै खुसी छु।’

निमित्त कारागार प्रशासक नारायणप्रसाद अधिकारीका अनुसार पूजा र शोभितले केक लिएर पललाई भेट्न पुगेका थिए। पूजाले लिएर गएको केकमा पल र उनको तस्वीर पोतिएको छ।

११ बजे त्यहाँ पुगेका उनीहरूले पलसँग कारागारभित्र झण्डै २० मिनेट बिताए। पलकी ठूलीआमा नाता पर्ने व्यक्ति पनि कारागार पुगेकी थिइन्।

पललाई तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणीको मुद्दामा सफाइ दिइसकेको छ। उनी यतिबेला नवलपुर जिल्ला अदालतले बालयौन दुर्व्यहारको मुद्दामा सुनाएको साढे दुई वर्ष जेल सजाय काटिरहेका छन्।

नवलपुर अदालतको फैसललाई चुनौती दिँदै पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्। जसको सुनुवाइ फागुन १४ गते हुने पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo