KhabarUjyalo

पार्वती भट्ट ‘प्रेमाश्रु’ को गजल !

९ फाल्गुन २०७९, मंगलवार
पार्वती भट्ट ‘प्रेमाश्रु’ को गजल !

दिएको छ अमूल्य जन्म, दातासँग के गुनासो गरुँ,
“व्यवहारले सार्‍है मन दुख्यो” नातासँग के गुनासो गरुँ?

लाग्छ, आश्रय नपाएर नै आश्रम रोजेकी हुन् सायद,
घर छोड्नु-आफ्ना त्याग्नु हुदैनथ्यो,मातासँग के गुनासो गरुँ?

जता-जता सुर्य जान्छ; उतै फर्किने सुर्यमुखी पनि आज,
सुर्यकै तात्तातो रापले सुक्यो, छातासँग के गुनासो गरुँ?

पल्टाई पाना-पाना भाव केलाउन नसक्नु, मेरै कमजोरी हो,
सारा ज्ञान छोपिदिएछ भनी, गातासँग के गुनासो गरुँ?

न विथड्र भए वेदनाहरू, न खुसी डिपोजिट गर्न सकेँ,
गोस्वारा नै गलत भरिएछ जीवनको,खातासँग के गुनासो गरुँ?

                                      ✍️पार्वती भट्ट प्रेमाश्रु

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo