KhabarUjyalo

कुटपिटबाट गम्भीर घाइते भएका डडेल्धुराका युवकको उपचारको क्रममा मृत्यु

३० पुष २०७८, शुक्रबार
कुटपिटबाट गम्भीर घाइते भएका डडेल्धुराका युवकको उपचारको क्रममा मृत्यु

डडेल्धुरा — कुटपिटबाट गम्भीर घाइते भएका डडेल्धुरा अजयमेरु गाउँपालिका ६ बस्ने ५६ वर्षीय गोबर्धन भण्डारीको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ। 

लेनदेनको विषयलाई लिएर सोही ठाउँ बस्ने ३८ वर्षीय नन्दे सिंह भण्डारीले भागेश्वर गाउँपालिका ६ राडिलमा बुधबार बिहान कुटपिट गर्दा गम्भीर घाइते भएका गोबर्धनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी देवल दिव्यपुरबाट खटिएको प्रहरीले नन्दे सिंहलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo