KhabarUjyalo

७७ वर्षीय वृद्ध जो कक्षा १० मा ५६ पटक फेल ५६ औं पटकको परीक्षामा पास !

३० पुष २०७८, शुक्रबार
७७ वर्षीय वृद्ध जो कक्षा १० मा ५६ पटक फेल ५६ औं पटकको परीक्षामा पास !

यो घटना भारतको राजस्थानस्थित जालोरको हो । त्यहाँको सरदारगढ गाउँमा ७७ वर्षीय एक वृद्ध बस्छन् । यी ७७ बर्षिय वृद्ध कक्षा १० मा ५६ पटक फेल भएर ५६ औं पटकमा पास भएका छन् । ७० को दशकमा अध्ययन गरेका यी व्यक्तिको कथा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।

उनले हालसम्म ५५ पटक कक्षा १० को परीक्षा दिइसकेका थिए। तर सबैमा फेल भए । 

तर पनि उनले हार मानेनन् र ५६ औं पटकको परीक्षामा भने पास हुन सफल भए । 

अहिले ती वृद्ध कक्षा १२ को परीक्षाका लागि तयारी गरिरहेको इण्डिया डटकमले उल्लेख गरेको छ । 

उनी सेवानिवृत्त सरकारी कर्मचारी हुकुमदास वैष्णव हुन् । २००५ मा चर्तुथ श्रेणीको कर्मचारीका रुपमा त्यहाँको ट्रेजरी विभागबाट सेवा निवृत्त भएका थिए ।

त्यसपछि उनले अध्ययनलाई निरन्तरता दिएका हुन् । 
 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo