KhabarUjyalo

नआतिनुस् लकडाउन हुँदैन : स्वास्थ्य मन्त्री

२९ पुष २०७८, बिहीबार
नआतिनुस् लकडाउन हुँदैन  : स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले लकडाउन नहुने स्पष्ट पारेका छन् । बिहीबार काठमाडौं कीर्तिपूर अस्पतालमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताए ।

बिगतमा अन्य मुलुकको अवस्था हेरेर नेपालमा लकडाउन गरेपनि अब भने आवश्यकता हेरेर मात्रै लकडाउन गर्ने मन्त्री खतिवडाको भनाइ छ ।

‘यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको छ । अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार जाँदैन,’ उनले भने, ‘सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोछ । लकडाउन हुन्छ भनेर आत्तिनु पर्दैन।’

उनले सरकार नागरिकहरुका असहज परिस्थितीमा सँधै साथ रहने बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo