Khabar Ujyalo

कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत फेला

July 4, 2026
कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत फेला

धनगढी । कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत फेला परेकी छन् । कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति उनी घरको सिँढीमा मृत अवस्थामा भेटिएकी हुन् । घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

[TheChamp-FB-Comments]

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.