Khabar Ujyalo

कर्णाली र सुदूरपश्चिममा मनसुन फैलिन अझै ४/५ दिन लाग्ने !

१३ असार २०८३, शनिबार
कर्णाली र सुदूरपश्चिममा मनसुन फैलिन अझै ४/५ दिन लाग्ने !

काठमाडौ : हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकीका केही तथा लुम्बिनीको पूर्वी भेगका केही स्थानमा मनसुन वायुको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव छ । गण्डकी र लुम्बिनीका केही भेग तथा कर्णाली र सुदूरपश्चिमका सम्पूर्ण क्षेत्रमा आगामी चार/पाँच दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ ।

हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो मुलुकका हिमाली तथा पहाडी क्षेत्रका साथै मधेश र कोशीको तराई क्षेत्रमा साधारणतया बादल लाग्ने बताएको छ ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

कोशी प्रदेशका तराई तथा मधेशका केही, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.